मधुश्रावणी पर्वको मिथिलाञ्चलमा उत्साह


मिथिलाका नवविवाहिताहरु यतिखेर मधुश्रावणी पावनको रमझममा जुटेका छन । पति र पत्नीबीचको दाम्पत्य जीवनसित सम्बन्धित यो पर्व नवविवाहिताहरुले धुमधामसग मनाउछन ।
जनकपुरधामका चर्चित पर्वहरुमध्ये मधुश्रावणी पर्व पनि एक हो । यो पर्वले विवाह बन्धनमा बांधिएपछि कसरी दाम्पत्य जीवनलाई सुखमय बनाउने, पतिव्रता धर्मलाई कसरी निर्वाह गर्ने र विपद् आइलागे कसरी सामना गर्ने जस्ता जीवनका महत्वपूर्ण पक्षहरुलाई समेट्ने गरेको छ ।  साउन कृष्णपञ्चमीदेखी शुक्लपक्षको तृतीयासम्म मधुश्रावणी पर्व मनाउने गरिन्छ । यो पर्वमा हरेक दिन पूजा सकिएपछि मंगलागौरी कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन र गौरी–शंकर विवाहसंग जोडिएका धार्मिक कथाहरु वाचन तथा श्रवण गरिन्छ ।तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमानले ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् । वर्षा ऋतुमा सर्पको भूमिमा आगमगन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ ।मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको छ ।
वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवन भएको पनि उनी स्पष्ट गर्छन् । गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेट भएको थियो ।पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ ।यो पर्व कहिलेदेखि शुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिताले  शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उहाँको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ । पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यावहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यता प्रतीक मानिएको छ ।तर महिलाहरु भने यसको विरोध गर्दै आएका छन। उनिहरुका अनुसार यो एक प्रकारको अन्ध विश्वासमा आधारित रहेको बताउछन । मैथिलीका गायिका स्मृति मिश्रका अनुसार टेमी दिने प्रथा गलत रहेको बताए ।
चौध दिनसम्म चल्ने यस पर्वमा नागदेवतासँगै अन्य देवी–देवताको समेत पूजा गरिन्छ । सुखद् दाम्पत्य जीवनको कामना गर्दै मिथिला नगरी जनकपुरधाम र आसपासको क्षेत्रका नवविवाहिताहरुले यतिबेला मधुश्रावणी पर्व मनाइरहेका हुन् ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: