मिथिलाञ्चलकी नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्वको व्रतिहरुलाई सम्मान गरिएको छ । जनकी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा मैथिल ब्रम्हण सभाको मैथिल ब्रम्हण सभा महिला समितिले उनिहरुलाई सम्मान गरेको छ। सो अवसरमा नववािहतिाहरुको उल्लेख रुपमा सहभागिता रहेको थियो । साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने मधुश्रावणी पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ । १३ दिनसम्म मनाइने मधुश्रावणी खासगरी नवविवाहिता महिलाका लागि विशेष मानिने गर्छ । मिथिलाञ्चलको लोक पर्व मानिने यस पर्वमा विशेषगरी नवविवाहिता महिलाहरु माइतीमा गएर मनाउने गर्छन् । जसअन्तर्गत बेहुली र उनका सखीहरु सहभागी हुन्छन् । पर्वमा माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ ।लोककथा अनुसार नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने रूपमा लिइन्छ भने गौरीलाई दाम्पत्य जीवनको संरक्षिकाका रूपमा लिइने गरिएकाले यस पर्वमा गौरीको गाथा र नाग नागिनको पूजाअर्चनाको विशेष महत्त्व दिइने गरेको देखिन्छ ।गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र नभई मनोकमना पूरा गर्ने देवीका रूपमा पनि लिइने गरेको छ । मिथिला नरेश जनककी छोरी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । वाल्मीकि रामायणअनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो ।पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्छ भने सर्पकी आमा विषहरा र उनको वंशका बारेमा चर्चित लोक गाथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जस्ता विश्वास अहिले पनि समाजमा व्याप्त पाइन्छ ।
मधुश्रावणी व्रतालुहरुलाई सम्मान गरियो

0 comments:
Post a Comment