भारतसँग वार्ता गर्न केन्द्र सरकारले खुट्टा कमाउनु भएन : राजपा संयोजक यादव

राष्ट्रिय जनता पार्टी राजपाले भारतीय बाँध र तटवन्धका कारण तराईमा उत्पन्न समस्याको समाधानका लागि दिल्लीसँग गम्भिर ढंगले वार्ता गर्न केन्द्र सरकारसँग आग्रह गरेको छ । चुरे क्षेत्रको वढ्दो दोहन, अव्यवस्थित बसाई र शहरीकरणसँगै भारतीय बाँध र तटवन्धले पनि तराईमा समस्या निम्त्याएको भन्दै राजपाले समाधानका लागि गम्भिर बन्न केन्द्र सरकारलाई सुझाएको हो । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले दिल्लीसँगको वार्ता बिना समस्या समाधान नहुने भएकाले पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । गर्दै संयोजक यादवले भन्नुभयो, भारतसँग गम्भिर वार्ताका लागि केन्द्र सरकारले खुट्टा कमाउनु भएन । राम्रो कामका लागि हाम्रो संधै साथ र सहयोग रहनेछ । बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि गत साता गृहमन्त्री रामबहादुर थापाले तराईको डुवान भारतीय बाँध र तटवन्धका कारण नभई नेपाली बाँधको सही व्यवस्थापन हुन नसक्दा तराई डुवानमा पर्ने गरेको बताउनुभएको थियो । फरक प्रसंगमा संयोजक यादवले समाजबादी पार्टीसँग परिणाममुखी वार्ता भइनसकेको बताउनुभएको छ । पार्टीको राजनीतिक कार्य्दिशा, संगठनात्मक एकता लगायतका विषयमा ठोस छलफल हुन नसकेको उहाँको भनाई छ । समाजवादी पार्टी सरकारमा रहेसम्म वार्ता प्रक्रियाले पूर्णता नपाउने संयोजक यादवले बताउनुभयो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: