प्रदेश २मा नेताहरुको आइरो


प्रदेश नम्बर २ अहिले बाढि पिडितको समस्याले आक्रान्त रहेको अवस्थामा अहिले नेताहरुको निरिक्षणको नाउमा नेताहरुको दौडधुप बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै रौतहट आएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि मंगलबारै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । देउवाले बिहीबार महोत्तरी र धनुषाको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्ने तयारी छ ।सभापति देउवा हवाई जहाजबाट सिमरा हुँदै प्रभावित क्षेत्र पुगेका थिए । उनले वाग्मतीले कटान गरेको क्षेत्र निरीक्षण गरे । गढीमाईको लक्ष्मीपुरका केहीलाई बाटोमै भेटेर उनी दुर्गा भगवती गाउँपालिका पुगेका थिए । त्यहाँ उनले पालिकाका अध्यक्ष अरुण साहको घरमा खाना खाए । तर, सय मिटर नजिकै बसेका विस्थापित भेटेनन् जहाँ बाढी र डुबानका कारण करिब २ सय परिवार कष्टसँग बसिरहेका छन् । उनी बडहर्वामा उनी बाँध हेरेर फर्किए ।बाँधमा दुई सय घरपरिवार त्रिपाल टागेर बसेका छन् । त्यहाँ उनले पीडितसँग थोरै कुरा गरे । ‘भारतीय बाँधका बारेमा सरकारले गम्भीर चासो लिनुपर्छ,’ उनले भने, ‘बाँधकै कारण यत्रो क्षति भएको छ । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’‘सभापति देउवा राहत नलिई आउनुभएकाले पीडितलाई भेटा समस्या हुन सक्छ भनेर कटान क्षेत्र मात्र निरीक्षण गर्नुभयो,’ कांग्रेसका एक जिल्ला नेताले भने । देउवाले बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने क्रममा भारतीय नम्बर प्लेटका दर्जनौं गाडीले पछ्याएका थिए ।यताबाढी तथा डुबानले पु¥याएको क्षतिबारे बुझ्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितको टोली बुधबार सप्तरी आएको छ ।  बाढीले पु¥याएको क्षतिको अवलोकन गर्न पूर्व प्रधानमन्त्री नेपाल, उपप्रधान मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापासहित मन्त्री र सांसदहरुको टोली बुधबार बाढीबाट अति प्रभावित सप्तरीको तिलाठी पुगेका हुन ।
टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको स्थलगत भ्रमण गरी बाढीले पु¥याएको क्षतिबारे जानकारी लिए । टोलीले क्षति अवलोकन गर्दै राहत र उद्धारको अवस्था बुझे ।
टोलीमा पूर्व प्रधान मन्त्री नेपाल, उपप्रधान मन्त्री यादव, गृहमन्त्री थापा, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ ऊर्जा मन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी थिए। त्यसैगरी विकास समिति सभापति कल्याणी खड्का, सांसदहरु अनील झा, प्रभु साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्व सभासद अमर मण्डलसहितले तिलाठीको स्थलगत भ्रमण गरी जानकारी लिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
मन्त्री र सांसदको टोलीले राजविराजस्थित नेपाली सेनाको भीम दल गणमा जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएपछि  तिलाठीको अवलोकनमा गएका थिए। तिलाठीमा खाँडो नदीको बाढीले भत्काएको बाँध र मर्मत सम्भार भइरहेको स्थानमा गई अवलोकन गरेको थियो ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: