जनकपुरधाम उपमहानगरपालिकामा मेयरको मनोमानी,कार्यकर्ता पोस्न ससाना योजनामा रकम छर्के


जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले विकासको कार्यभन्दा पनि स साना रकम छर्केर मात्रै काम गरिएको देखिएको छ। अधिकांस योजनाहरुमा टुक्रे रकम छर्किएको कारणले काम समेत नभएको देखिएको छ। यसमा अधिकांस आफनो नातागोतालाई उपभोक्ता समितिका अध्यक्ष बनाइएको छ भने बचेकाहरु कार्यकर्ताहरुलाई दिइएको छ। एउटै योजनामा विभिन्न निकायहरुबाट रकम लिइएको छ। नेपाल आपंक संघलाई पांच लाख रुपैया दिइएको छ। कुन प्रयोजनाको लागि रकम दिइएको हो सो समेत खुलाइएको छैन । त्यसैगरि सकल भवन कन्या माध्यमिक विद्यालय भवन मर्मत सम्भार गर्नेको लागि पांच लाख रुपैया दिइएको थियो । जसको काम समेत सम्पन्न नभएको र मेयर साहका भान्जा अरुण साहले आर्थिक मासान्तको अन्तिम दिन काम सम्पन्न भएको रकमको चेक लिएर गएका थिए । निकै विवाद पछि चेक फिर्ता गरेका थिए । त्यसैगरि जानकी माध्यमिक विद्यालयमा फर्निचर वापत पांच लाख रुपैया दिइएको छ। नेपाल तत्मा समाज नेपाल दलित सामुदायिक भवनको सभा हलको लागि १० लाख रुपैया दिइएको छ। आफनो पार्टीका कार्यकर्ता रहेको सो समितिमा रहेको कारणले मात्रै रकम दिइएको छ। काम पनि अधुरो भएको बताइएको छ।जेष्ठ नागरिकको लागि भवन निर्माणको लागि पांच लाख रुपैया दिइएको छ। बस पार्कमा महाविर मन्दिर निर्माणको कार्यको लागि १० लाख रुपैया दिइएको छ। मण्डल धर्मशालाको भवन मर्मत कार्यको लागि पांच लाख रुपैया दिइएको छ। त्यसैगरि ओरेक नेपालको हिंसा प्भावित महिलाको सेफ हाउस निर्माणको लागि २लाख ,लैैिग हिंसा नियन्त्रण जिल्ला संजाल समन्वय समिति धनुषाको लागि २लाख दिइएको छ।  त्यसैगरि मिथिला नाटक कला परिषद विद्यापति मैथिली संस्कृति भवन निर्माणको लागि २लाख रुपैया दिइएको छ। रकम दिइएको अधिकांस योजनाहरुको काम नभएको बताइएको छ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: