धनगढी विष्फोटमा एकको मृत्यु, ४ जना घाइते

हिजो साँझ धनगढीमा भएको बम विष्फोटमा परी घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ । घाइते ५ मध्ये रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार माया मेट्रो अस्पतालमा उपचारका क्रममा सिंहको गएराति मृत्यु भएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा न–१ पिमी घर भई हाल कञ्चनपुर बेल्डाँडी बसिरहेका सिंह नेकपा विप्लवका जिल्ला सदस्य रहेको बुझिएको छ । धनगढीको चटकपुरमा रहेको सहिदगेट नजिकैको मिलन होटलमा हिजो साँझ ७ बजेतिर भएको विष्फोटमा परी कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन् । प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेका अनुसार रामबहादुर सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि रामबहादुर सिंहले बोकेको झोलामै राखेको वस्तु विष्फोट भएको बताउनुभएको छ । सिंह होटलभित्र पसेर बेञ्चमा बस्ने बित्तिकै विष्फोट भएको थियो । प्रहरी उपरीक्षक गिरीले विष्फोटमा स्टीलको टिफिनका टुक्रा भेटिनुका साथै एक थान पेस्तोल र से ७ प ३१४४  नम्बरको मोटर साइकल प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: