सभामुखका पकेट मार्ने थुना हिरासतबाट फरार


प्रदेश नम्बर २का सभामुख सरोजकुमार यादवको पाटेक मारेको आरोपमा पक्राउ परेका एक थुना प्रहरी हिरासतबाट फरार भएका छन । चोरीको आरोपमा पक्राउ परेका भारतको मोतिहारी जिल्ला लिपनी(४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ साउन ३ गते पक्राउ परेका थिए ।बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गरेकाका छन् ।
प्रदेश २ का सभामुख सरोज यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेका थिए । सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका हुन् ।’म भीडभाडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला मेरो पकेट मारेको एउटा अर्को युवकले देखेको रहेछ,’ सभामुखले भने, ’उसले समातेर ल्याएपछि पो मेरो पकेट मारिएको थाह भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।’ सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गरे ।
’मेरो पकेट मारेर भाग्यो त ठिक छ । छुरा हानेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरे ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: