बर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो


केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएका र तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ ।  गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण तीव्र पारिएको बताउनुभयो ।  अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: