उपप्रधानमन्त्री यादव नेतृत्वको टोलीद्वारा बाढी पीडित क्षेत्रको निरीक्षण


 उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोली आज प्रदेश नं. २को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।
आज विहान सेनाको हेलिकप्टरले प्रदेश २को निरीक्षणमा निस्केको उक्त टोली रौतहट, सर्लाही, महोत्तरी , सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो ।
उक्त टोलीले बाढीबाट परिस्थिति, राहत तथा उद्धारको अवस्था र दिर्घकालिन व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकार संग जानकारी समेत लिएका छल ।
बाढीको अवस्था र राहत तथा उद्धार बारे टोली लाई जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १० ÷१० लाख रुपैया उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको बताउनु भयो ।
उहाँले प्रदेश नं. २ विपदको हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा उपलब्ध गराउन संघीय सरकार संग मांग समेत गर्नु भयो ।

प्रदेश सरकारको व्रिफीङ्ग पछि उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो । उहाँले बाढी पहिलो दीर्घकालिन व्यवस्थापनको चुरे संरक्षणमा विशेष जोड दिनु पर्ने, चुरे क्षेत्र भएर राजमार्ग जस्ता सडकहरुको निर्माण निषेध गर्नु पर्ने, मानव वस्ती क्रमशः घटाएर वृक्षा रोपण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साह सहितको सहभागिता रहेको थियो ।
====
समाजवादी पार्टीका सांसदहरुका १५ दिनको तलब बाढी पीडित लाई
जनकपुरधाम, साउन १ ।  समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब बाढी पीडितको राहतको लागि उपलब्ध गराउने भएको छ ।
समाजवादी पार्टी संसदीय दलका नेता समेत रहनु भएका प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब राहतको लागि दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।
यस अघि मन्त्री परिषदको बैठकले मन्त्रीहरुको एक महिनाको तलब दिने निर्णय गरेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: