स्थायी अध्यापन अनुमति पत्रका लागि २ लाख बढीको आवेदन


शिक्षक सेवा आयोगले स्थायी अध्यापन अनुमति पत्रका लागि गत असार २ गते गरेको विज्ञापनमा २ लाख बढीले आवेदन दिएका छन् । आयोगका प्रशासकिय अधिकृत तुलसी थपलियाका अनुसार १ लाख ७४ हजार ५ सय २२ जनाले फर्म भरेर पैसा बुझाएका छन् । २ लाख १० हजार ३ सय ३४ जनाले स्थायी अध्यापन अनुमति पत्रका लागि फर्म भरेको उहाँले जानकारी दिनुभयो । आयोगले दोब्बर दस्तुर तिरेर हिजो राती १२ बजेसम्म फर्म भर्ने समय तोकेको थियो । फर्म भरेर दस्तुर तिर्न साउन १० गतेसम्मको समय तोकिएको उहा“को भनाई छ । आयोगका अनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीनै तहमा २ लाख ३० हजार बढीले परीक्षा दिनेछन् । आयोगले लाइसेन्सको परीक्षा भदौ अन्तिम तथा असोज पहिलो सातामा लिने तयारी गरेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: