काठमाडौंमा बिहानै भारी वर्षा, देशभर मनसुनी गतिविधि कम सक्रिय


काठमाडौं उपत्यकामा आज बिहानै भारी वर्षा भएको छ । बिहान ४ बजेबाट सुरु भएको वर्षा झन्डै दुई घण्टा सक्रिय रह्यो । मौसम पूर्वानुमान महाशाखाले भने मनसुन न्यून चापिय रेखा  नेपालको  दक्षिणतिर अवस्थित रहेको र यसले गर्दा मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको जनाएको छ ।  महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वी भेगमा सामान्य देखि पूर्ण बदली भई हल्का देखी मध्यम खालको बर्षा भइरहेको छ । पश्चिमी पहाडी भेगमा भने आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले सूचना निकाले जानकारी दिएको छ । देशको मध्य र पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको मध्य क्षेत्रका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: