सप्तरीमा मलको आभाव


सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धा्रित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ ।धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड राजविराजमा २० दिन अगावैदेखि सिद्धिएको बताइएको छ । कृषि सामग्रीमा मल सिद्धिएपनि स्थानीय बजारमा मूल्यको डेढ गुणामा मल पाइने गरेको सप्तरीका विष्णुपुर गाउँपालिका १ मलेकपुरका किसान शुभनारायण यादवले बताउनुभयो । कृषि सामग्रीकै कर्मचारीको मिलोमतोे लिमिटेडको परिसर भित्रै रासायनिक मल बिक्री भएर बजारमा महँगो दरम खुलेयाम बिक्री भइरहेको उहाँको आरोप छ ।कृषि सामग्रीले जिल्लाका विभिन्न डिलर मार्फत बिक्री गर्दै आएको रासायनिक मल डीएपी, युरिया, पोटास ती डिलर मार्फत् सामग्रीको परिसरमै अन्य खुद्रा बिक्रेतालाई महँगो दरमा बिक्री गरेपछि मलमा कालोबजारी भइरहेको मल लिन आएका शुभनारायणको भनाई छ । नियुक्त गरिएका डिलरहरुले किसानको फर्जी नामको सूची दिएर कृषि सामग्रीको गोदामबाटै अर्को खुद्रा पसललाई दिएर महँगो दरमा बेच्ने गरेकोे अर्का किसान देवनारायाण यादवले बताउनुभयो । कृषि सामग्रीका कर्मचारी र डिलरको मिलोमतोमा खुद्रा बिक्रेतालाई रासायनिक मल डीएपी र यूरिया बेच्ने गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिनुभयो । डिलरहरुका प्रोपाइटरले खरिद गरेको मल आफ्नो संस्थामा कमै मात्रामा लग्छन् । स्थानीय बजारका मलखादका खुद्रा पसलका साहुलाई दिएर बढी मूल्यमा बेच्ने गरेको उहाँले भन्नुभयो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: