आजदेखि प्यान नम्बर विना तलब दिन नपाउने ।


आजदेखि कुनै पनि फर्म वा निकायले स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर बिना तलब दिन नपाउने भएका छन् । प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिए त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन नपाउने व्यवस्था गरिएको आन्तरिक राजश्व विभागले जनाएको हो । आयकर ऐनमा कर्मचारीलाई तलब दिदाँ प्यान अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएकाले प्यान अनिवार्य गरिएको विभागका प्रवक्ता यज्ञ ढुंगेलले सीआईएनसँग बताउनुभयो । अहिलेसम्म नौ लाखले मात्र प्यान नम्बर लिएको विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले अहिलेसम्म नौ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेका देखाएको छ । स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा छ ।  यसैबीच, आजदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउनदेखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि आजबाट सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: