सप्तरीमा चट्याङ लागेर तिनको मृत्यु



सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।यसअघि जिल्लाको हनुमाननगर(कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो ।तिलाठी(कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।तिलाठी कोइलाडी गाउँपालिका(१ तिलाठी बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनमको चट्याङ् लागेर मृत्यु भएको हो । खेतमा काम गरिरहँदा चट्याङ् लागेर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।यसअघि बिहान सुरुङ्गा नगरपालिका(३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका ११ निवासी ४५ वर्षीया शिबशतीदेवी पण्डितको मृत्यु भएको थियो ।
चौधरीलाई खेतमा काम गरिरहँदा र पण्डित खेतमा काम गरिरहेका श्रीमान्लाई खाना र्पुयाएर फर्किरहँदा चट्याङ् लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि लहान लगिए पनि अस्पतालमै मृत्यु भएको हो भने पण्डितको घट्नाास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: