पूर्वका अधिकांश स्थान र मध्य तथा पश्चिमका केही स्थानमा वर्षा हुने

देशको पूर्वी क्षेत्रका अधिकांश स्थानमा आज वर्षा हुने भएको छ । मनसुन न्यून चापिय रेखा  नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु भागमा सामान्य देखि पूर्ण बदली भई केहि स्थानमा मेघ गर्जन सहित वर्षा भईरहेको महाशाखाले जनाएको छ । पश्चिमि भू भागमा आंशिक देखि सामान्य बदली भई १÷२ स्थानमा वर्षा भईरहेको छ । आज दिउँसो देशको पूर्वी र मध्य भू भागमा सामान्य देखी पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ । पूर्वका र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानमा वर्षा हुने जनाइएको छ । पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज राती देशको पूर्वी र मध्य भू भागमा सामान्य देखि पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा  भारी वर्षा हुनेछ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: