नक्कली सवारी अनुमति पत्र बनाउने २ जना पक्राउ

नक्कली सवारी अनुमति पत्र बनाएको आरोपमा प्रहरीले दुई जानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषा हंसपुर नगरपालिका वडा नं. ९ बालगंगा चौकमा जिल्ला धनुषा हंसपुर नगरपाललिका वडा नं. ६ बस्ने सफिक मंसुरको छोरा अन्दाजी वर्ष ३४ को अलिअकवर मंसुर र  औरही गा.पा. वडा नं. ६ बस्ने अली  बकस मंसुरको छोरा अ. वर्ष २४ को सब्जान मंसुर दुबै जनाले काठमाडौंमा नक्कली सवारी चालक  अनुमति पत्र बनाई गाउँ घरका केटा मानिसहरुसंग पैसा लिई वितरण गरिरहेको छ भन्ने सुचनाको   जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय औरहीबाट को टोली उक्त  स्थानमा खटी गई उल्लेखीत व्यक्तिहरुको पहिचान गरी खानतलासि गर्दा निजहरुको साथबाट ५र५ थान सवारी चालक अनुमति पत्र बराम्द  भएको थियो ।  सवारी चालक अनुमति पत्र सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरि धनुषा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: