दोर्दीमा बगेका ११ मजदुरमध्ये ४ जनाको शव भेटियो, दुईजनाको सनाखत

 लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाएका ११ मजदुर मध्ये ४ जनाको शव फेला परेको छ । सातजना अझै बेपत्ता छन् । भेटिएको ४ शवमध्ये दुईजनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो । पर्साका २८ वर्षका शिवधन चौधरी र डडेलधुराका ३४ वर्षका रमेश बुढाको पहिचान खुलेको उहाँले बताउनुभयो । दुईजनाको भने अझै सनाखत हुन सकेको छैन । हिजो दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो । शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत् परियोजना निर्माणाधीन छन् । सुपरदोर्दीका १५ मजदुरलाई बाढीले सुरुङमा हालेको थियो । उनीहरूको उद्धार भएको छ । तर, अपरदोर्दीका ११ मजदुरलाई बाढीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी डा. भट्टराईका अनुसार तीनजनाको शव नौथरसेरा र एकजनाको शव कीर्तिपुर बेँसीमा फेला परेको हो । सातजना बेपत्तामध्ये आज बिहानसम्म कोही पनि सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । बाढीले बगाएर ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार हुन् । अन्य तीनजना निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाका कामदार भएका बताइएको छ । उनीहरूको उपचार भइरहेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनुभयो । दोर्दीखोलामा आएको बाढीले जलविद्युत् आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुर्याएको छ भने स्थानीय विस्थापित भएका छन् । सुरक्षार्थ बसेको नेपाली सेनालाई पनि विस्थापित बनाएको अध्यक्ष गुरुङले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले हिजो अबेर रातिसम्म बेपत्ताको खोजी गरेको र बिहानैदेखि फेरि खोजि कार्यलाई जारी राखिएको बताउनुभयो । राती अँध्यारोमा उद्धारको काम गर्न समस्या भएको र बिहानैदेखि जुटेको प्रजिअ भट्टराईको भनाइ छ । लमजुङको बेँसीसहरबाट माथि दोर्दी खोलामा हाम्रो लिबर्टी इनर्जीले २५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ । हाम्रोभन्दा माथि ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना पनि निर्माणाधीन छ । हिजो दिउँसो अचानक भयानक बाढी आएपछि सुपरदोर्दीमा त्रास फैलिएको थियो । पावरहाउसमा भएका सबै सुरक्षित स्थानमा पुग्न सकेपनि ‘हेड वर्क्स’ का मजदुरहरूले भाग्ने पर्याप्त समय नपाएपछि ठूलो मानवीय क्षति भएको हो । स्थानीयले ७०–८० वर्षमा कहिल्यै नदेखेको बाढी आएको बताएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: