अविरल वर्षाको कारणले गर्दा ९ जनाको मृत्यु


अविरल वर्षा पछि आएको पहिरोमा परी गुल्मीमा ९ जनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले घर बगाउँदा ९ जनाको मृत्यु भएको हो भने ४ जना सम्पर्क बिहीन छन् । सत्यवती गाउँपालिका, ३ को दाङसिंगाको कसिङथलामा एकै घरमा दुई जनाको मृत्यु भएको । सत्यवती ३ सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए । ठूलो लुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिल कुमारी तरामुको घर पहिरोमा पुरिएको छ । पहिरोले पुरेर तिलकुमारी तरामु र उनको १० वर्षीय दर्शन तरामुको मृत्यु भएको हो । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ । पहिरोमै परेर ३ नम्बरकै सिङदीमा एक घर पुरिएको छ । माया विक र उनका १७ वर्षीय बवि विक पहिरोमा पुरिएर बेपत्ता छन् । पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए । सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन् । भिरकुनाका मन बहादुर विक, कालू विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ । ४ जना पहिरोमा बेपत्ता छन् । बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए । लिम्घाको भीरकुनामा ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । तीन घरमा ९ जना बस्थे । लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । अझै पनि २० बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए । बिहान ३ बजेपछि ठूलो पानी परेको थियो । अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: