जनकपुरधाम उपमहानगरपालिकाको चासो छैन शिक्षा क्षेत्रमा


शिक्षालाई स्थानिय तहमा ल्याईपछि स्थानिय तहको जनप्रतिनिधिको मनोमानी र कमिसन खाने सोचको कारणले विगतको भन्दा पनि शिक्षा क्षेत्रको अवस्था धरासायी बनेको छ । यस्तै अवस्था रहको जनकपुरधाम उपमहानगरपालिकाको रहेको छ । आफनो कार्यकर्ताहरुको भर्ती केन्द्र बनाएको शिक्षा समितिमा भने सोचे अनुसारले काम गर्न समेत सकेको छैन । जनकपुरमा संचालनमा रहेको निजि विद्यालयहरुको स्थानिय तहको निस्क्रीयताको कारणले गर्दा मनोमोजि बढेको छ । शुल्क देखिएर लिएर निजि विद्यालयहरु आफु खुसी विना स्वीकृति पाठयक्रम समेत पढाउने गरेका छन । सबै भन्दा कहाली लाग्दो अवस्था भने निजि विद्यालयहरुले लिने गरेको शुल्कको रहेको छ । निजि विद्यालयहरुको विना वर्गिकरण नै जथाभावि शुल्क उठाउने गरिएको कारणले अभिभावहरु मारमा परेका छन तर जनप्रतिनिधिलाई भने कमिसन उठाउन वाहेकको काम गर्न नै फुर्सत छैन । एक जना जनप्रतिनिधिका अनुसार मेयर लालकिसोर साहलाई कमिसन उठाउनबाट फुर्सत भए पो जनकपुरको शिक्षा सहित जनताको समस्या राख्न पाओस ।
निजी विद्यालयले उठाउने शुल्क निर्धारणदेखि नियमनको अधिकार अहिले स्थानीय तहसँग छ । तर अधिकांश स्थानीय तहले शुल्क निर्धारण गरेकै छैनन् । नियमनमा पनि चासो देखाएका छैनन, जसका कारण शुल्कमा निजी विद्यालयको मनोमानी झन् बढेको छ ।संविधान अनुसार निजी विद्यालयको नियमन गर्ने जिम्मेवारी स्थानीय तहको हो । शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिनाअघि नै शुल्क प्रस्ताव पेस गर्नुपर्ने र भर्नाको १५ दिनअघि स्थानीय तहबाट स्वीकृत गराउनु पर्ने व्यवस्था मापदण्ड छ । तर न सबै निजी विद्यालयले शुल्कको प्रस्ताव गरेका छन् न त स्थानीय तहले नै शुल्क निर्धारणमा चासो दिएका छन् । देशभरका अधिकांश निजी विद्यालयले आफूखुशी शुल्क बढाएका छन् । स्थानीय तहले नियमनमा चासो नदिएका कारण पनि त्यसको फाइदा निजी विद्यालयले उठाइरहेका छन् । यसैले सिंहदरबारले अधिकार दिएन भनेर गुनासो गर्नुभन्दा पाएको अधिकार कार्यान्वयनमा स्थानीय तहले सक्रियता देखाउन जरुरी देखिन्छ । 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: