सिरहामा छुटाछुटटै दुर्घटनामा तिनको मृत्यु


मंगलबार सिरहामा विभिन्न तीन घटनामा तीनजनाको मृत्यु भएको छ । अरु पाँचजना घाइते छन् ।वर्षाको पानीमा भिजेको घरको वाल भत्किँदा धनगढीमाई नगरपालिका–२ का ५५ वर्षीया कुशमा खातुनको मृत्यु भएको छ ।
सोही घटनामा परी ७२ वर्षीय रहिमान मियाँ, ६५ वर्षीया जनकी खातुन र २० वर्षीय सुभाष गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार घाइेतहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।धान रोपाइँका लागि कोदालोले खेत सम्याइरहेको बेला चटयाङ लागेर अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको मृत्यु भएको छ । चट्याङकै कारण भगवानपुर गाउँपालिका–२ का ४० वर्षीया नगमा खातुन र नवराजपुर गाउँपालिका–१ करमनियाँका ७० वर्षीय रामविलाश ठाकुर घाइते भएको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।चट्याङ लाग्दा नगमा घरमै काम गरिरहेकी थिइन् भने रामविलाश खेतमा काम गरिरहेका थिए । उनीहरुको लहानमा उपचार भइरहेको छ ।मंगलबार नै सिरहा नगरपालिका–२ का ५२ वर्षीय विन्देश्वर महासेठको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटर चलाइ नुहाएर मोटर बन्द गर्न जाँदा उनलाई करेन्ट लागेको थियो ।उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: