नेकपाले ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्ज तोक्यो


सत्तारुढ नेकपाले महानगर र जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको नेकपाले जनाएको हो । आज साँझसम्म नामावली सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । दुइवटा साविक पार्टीका इन्चार्ज मध्ये एकलाई नै अहिले इन्चार्ज र सह–इन्चार्ज तोकिएको उहाँले प्रस्ट पार्नुभयो । आजको बैठकले विभाग भने गठन गर्न सकेन । विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन पर्सि मंगलबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः सचिवालय बैठक बोलाइएको उहाँले बताएउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: