मिथिला चित्रकलाबाट व्यवस्थापक साहले हटाइएको चित्रकारहरुको आरोप


जनकपुरधाम उपमहानगरपालिका १२ रामपुरमा रहेको नारी विकास केन्द्रमा दर्जनौँ महिलाहरु मिथिला चित्रकला बनाएर जीवनयापन गर्दै आईरहेका छन् । तर नारी विकास केन्द्रका व्यवस्थापकको बदमाशीका कारण केही महिला चित्रकारहरुलाई बिना कारण हटाइएको छ । नारी विकास केन्द्रका व्यवस्थापक सतिश साहले आफूहरुलाई जबरदस्ती कामबाट हटाएको ती चित्रकारहरुले आरोप लगाएका छन् ।आफूहरु बिना तलब काम गर्न तयार रहेपनि आफ्नो अनुकुलको मान्छे राख्नका लागि १४ जना कलाकारलाई हटाइएको ३२ वर्षदेखि काम गर्दै आएकी सुमित्रा महासेठले बताइन् । उनले आफूहरुलाई दुई महिनाको तलब नदिएपछि तलब समेत माग्न नगएको बताइन् । उनले भनिन ‘आफूहरु कहिल्यै तलब माग्न नगएको बरु नयाँ कार्य समितिको चुनाव चाँडै गराउनु पर्छ भनेपछि मात्रै आफूहरु माथि जाइ लागे ।आफू युवावस्थामा रहेकै समयदेखि काम गरेको संस्थाबाट हटाइएकोमा एकदमै चिन्तित रहेको ५० वर्षिया कलाकार शनिचरी मण्डलले दुखेसो पोखिन् ।उनले नियम विपरित आफूहरुलाई हटाइएको आरोप लगाइन् । शनिचरीले भनिन् ‘आफूहरुलाई हटाउने नियतले मैनेजर साहेब सानो सानो कुरोमा केही दिन यता निहुँ खोजी रहेका थिए ।’ यसअघि पनि नारी विकास केन्द्रमा बजेट अभाव हुँदा बिना तलबको ६र६ महिनासम्म काम गरेको उनीहरुको भनाई छ । तर वर्तमान व्यवस्थापक साहले केन्द्रलाई आफ्नो कब्जामा राख्नकै लागि यो सब गरिरहेको सुमित्राले आरोप लगाइन् । उनले भनिन् ‘ वर्तमान बोर्डको कार्यकाल समाप्त भए पनि एक पटक पनि बैठक बसेको छैन, न त नयाँ कार्य समितिको निर्वाचन गराउने पक्षमा छन् ।नारी विकास केन्द्रको बोर्डका अध्यक्ष सुनैना कर्ण समेत साहको रबैयाबाट असन्तुष्ट छन् । व्यवस्थापक साहले कलाकारहरुलाई चित्र कोर्न लगाउनु भन्दा पनि भवन निर्माणका लागि ईँटा, बालुवा उठाउन लगाउनु गलत रहेको कलाकार दुलारी खत्वेले बताइन् ।
यता नारी विकास केन्द्रका व्यवस्थापक सतिश साहले कलाकारहरुले लगाएको सम्पूर्ण आरोप निराधार रहेको बताएका छन् । बजेट अभाव भएपछि केही दिनका लागि मात्रै उनीहरुलाई अनुरोध गरेर हटाइएको उनको भनाई छ । बजेट आए लगत्तै फेरी उनीहरुलाई काम फर्काउने साहले बताए ।नारी विकास केन्द्रका प्रमुख साह आफै अवैधानीक तरिकाले केन्द्रमा कव्जा गरेर बसेको देखिएको छ । उनको कार्यकाल वितेको ६ महिना भइसक्दा पनि नयाँ कार्यसमितिको निर्वाचन गराउन मानेका छैनन । नारी विकास केन्द्रमा रंग र कुचीसंग खेल्दै आएका ती ४० जना महिला चित्रकारहरुमध्ये १४ जनालाई एकाएक हटाइएकोमा उनीहरु आक्रोशित छन् । कलाकारहरुलाई नारी विकास केन्द्रमा हटाइएपछि उनीहरु आन्दोलित समेत भएका छन् । हटाइएका कलाकारहरुले नारी विकास केन्द्रमै ताला लगाएका छन् । आफूहरुलाई त्यहाँ फेरी काममा नघुराइएसम्म ताला नखोल्ने अडान कलाकारहरुले दोह्राए । चित्रकारहरुलाई किन हटाइएको भन्दै महिला अधिकारकर्मी विभा ठाकुर र विन्दु ठाकुरसंगै संचारकर्मीहरु पुगेपछि प्रमुख साहले हटाईएका चित्रकार महिलाहरुलाई भोलीदेखि पुनः काममा आउन भन्न वाध्य भएका थिए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: