गरिवी र पछौटेपन बदल्नेगरी काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पार्नुभएको हो । आज सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीलाई सचेत गराउनुभयो । उहाँले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दावी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले विकास, निर्माणका कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिनुभयो । त्यस अवसरमा सचिवले मन्त्रीसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीसँग र मन्त्रीले सचिवसँग कार्य सम्पादन सम्झौंता गर्ने कामको सुरुवात गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारको यो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: