सिन्धुलीमा सर्पदंशको घटना बढ्यो


बर्खा लागे सँगै दुधौली नगरपालिका सिन्धुलीमा सर्पदंशको घटना बढ्ेकोे छ । गर्मि सँगै बर्षाका कारण जमिनमुनी रहेका सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको दुधौली नगरपालिका ९ स्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।  असार महिनामा मात्र उपचार केन्द्रमा ३५ सर्पदंशका बिरामीको उपचार गरिएको दुधौली सर्पदंश केन्द्र सिन्धुलीका प्रमुख बिन्देश्वर शाहले बताउनुभयो । बर्खा लागेसँगै बिच्छी, खजुरा,मक्षेड लगाएतका बिषालु किराहरुको पनि प्रकोप बढ्न थालेकोे उहाँले बताउनु भयो ।  सर्पदंशका बिरामीहरुको उपचारका लागी सरकारबाट उपलब्ध २ बिषेशज्ञ चिकित्सक सहितको टोली, नेपाल सरकार र दुधौली नगरपालिकाको सहयोगमा एन्टि स्नेक भेनम  सहितका औषधि र उपकरण दुधौली सर्पदंश उपचार केन्द्रमा आवश्यक मात्रामा उपलब्ध रहेको उहाँले बताउनुभयो । दुधौली सर्पदंश उपचार केन्द्रमा ईन्टिेन्सिप केयर युनिट आईसियु र भेन्टिलेटर भने नभएको हुँदा गम्भिर प्रकृतिका बिरामीहरुलाई भने थप उपचारका लागी धरान रिफर गर्ने गरिएको उहाँले बताउनु भयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: