महन्थहरुको मिलोमतोमा जनकपुरको ४० मन्दिरको अस्तीत्व नै समाप्त


२५ वर्ष अघि सम्म जनकपुरधाममा टोलपिच्छे मन्दिर र कुटि भेटिन्थे जनकपुरमा । यतिबेला ती मन्दिर र कुटिहरु छैन मन्दिर र कुटि त हराएर हराएर भगवानको मुर्ति पनि गायब भए अहिले बांकी छन केही मन्दिरको भग्नावशेष मात्र ।जनकपुरको धार्मिक आस्थाको मठमन्दिरहरु समाप्त भएको छ। महन्थहरुको मिलोमतोमा कतिपय मठमन्दिरहरु समाप्त भएका छन कतिपय सरकारी अतिक्रमणको सिकार बन्दै अस्तीत्व नै समाप्त भएको छ।
जनकपुरधाम प्राचीन मिथिलाको राजधानीको साथै मठ मन्दिरको सहरको रुपमा परिचित रहेको छ। पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढि मन्दिर मुर्तिहरु सहित हराएका छन। कुनै बेला मन्दिर र कुटि रहेको ठाउमा अहिले ठुला ठुला भवन छन । जानकी मन्दिरका कारण प्रसिद्ध कमाएका जनकपुरमा ठुला संख्यामा साधुसन्तहरु आउथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजन किर्तन गरि रमाउथे । ती साुधहरुको भक्तिबाट आकर्षित भई जग्गा दिने परम्परा थियो । सबै कुटिमा राम जानकी मन्दिरकै पुजा हुन्थ्यो । ती कुटिको स्थापना गरेर साधु सन्तका नामबाट मन्दिरको नाम राखिन्थ्यो । सबै मन्दिर व्यवस्थीत थिए । तर भुमाफियाहरुको चलखेल र मन्दिर संरक्षणकै मिलोमलतोमा कुटि माफिदै गए । कुटिले दानमा पाएको जग्गा व्यक्तिमा नामसारि हुन थाल्यो  र तविस्तारै भगवानका मुर्ति समेत बेचिए । २०२२ सालमा गुठि संस्थान ऐन आयो नेपाली नागरिकता नभएका साधुसन्तकले मठमन्दिरको जग्गा चलाउन नपाउने  विषयमा विभिन्न नियम बने । कतिपय साधुसन्तले ननेपाली नागरिकता भएका चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए । तर संरक्षणको जिम्मेवारी लिएका पुजारि र महन्थले मन्दिरका जग्गा भुमिाफियासंग मिलेर बिक्री गरेपछि ती मन्दिर लोप भए । कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको छ। तर अधिकांस मन्दिर निजि रुपमै आतिक्रमण परेका छन।तर जनकपुरका महन्थमा उचित र धर्मप्रतिको आस्था नभएका व्यक्तिहरु नियुक्त भएका कारणले मठमन्दिर विनास हुनुको साथै मन्दिर लोप भएको जनकपुर सुन्दर सदनका महन्थ नवलकिसोर शरणको कथन रहेको छ। उनले जनकपुरको धार्मिक नगरि भएपनि महन्थहरु धार्मिक आस्था नभएको र उनिहरु धर्मको संरक्षण भन्दा नै विनास तर्फ बढि लागेको आरोप लगाए । अर्को तर्फ गुठि संस्थान जस्ता निकायहरुले समेत मठमन्दिरहरुको संरक्षण गर्नुको साटो उनिहरु समेत जग्गा कसरी बेच्ने यहि क्रियालकापमा लागेको देखिएको र कारणले समस्या आएको बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकामा रहेको बागवनी फार्ममा विरपुर राधाकृष्ण मन्दिर तर अहिले त्यो निवास भएको छ भने जग्गा सरकारले उपभोग गरिरहेको छ। मन्दिरको समेत कुनै अतोपातो छैन । जनकपुर अंचल अस्पतालमा भएको ठाउमा सियाबिहारी कुटि थियो त्यहीका रासबिहारी कुटि,युगलबाबा कुटि,रेवासी माईजी कुटी,रामेश्वर दास कुटि,सिताराम दास तत्मा कुटी,सिताराम दास मनियार कुटि,विमलाबिहारी कुटि लोप भईसकेका छन।   राम जानकी पिक्चर प्यालेस रहेको ठाउमा रघुविरशरण व्यास कुटि थियो । त्यो पनि हरायो । कन्हैया कुटि,किसोरी शरण कुटि,सखि कुटी,परमहंसजीको कुटि,वशिष्ठ शरण कुटि,भटवा कुटि,लक्ष्मण शरण कुटिको नामोनिसान छैन । रामयाल शरण कुटि,भजनिया कुटी, सतानन्द आश्रम,लक्ष्मण शरण कुटि,सिताराम दास कुटी वेल्ही,रौनियार कुटि,चमार कुटि,महापात्र कुटि मुर्ति सहित हराएका छन। यी कुटिको अहिले अस्तीत्व छैन । कुटीका साथै यसको जग्गा पनि अतिक्रमण परेका छन। अचिधकांस कुटिहरुको जग्गाहरु महन्थको संरक्षणमा बेचिएका छन। संरक्षण गर्ने निकाय समेत मौन देखिएका छन। गुठि संस्थान जनकपुरका प्रमुख मनोज शर्माले आफुहरु गुठि संस्थानको अधिनस्त रहेको जग्गाको मात्रै संरक्षण गर्ने गरिएको बताउनुभयो । अधिकांस मन्दिरहरुको संरक्षणको दायित्व महन्थहरुको रहेपनि उनिहरु नै अहिले मठमन्दिरहरुको विनासमा लागेका छन। यसले गर्दा समेत जनकपुरको मन्दिर मन्दिरहरुको जग्गा विनास भएका छन। जनकपुरमा विभिन्न मेलाहरुमा श्रद्धालुहरुको घुइचो लाग्ने गरिएको थियो । तर अहिले आएर त्यो मन्दिरहरुको हराएका छन। भने श्रद्धालुहरु अव तयो संख्यामा जनकपुर आउन छाडेका छन अतिक्रमणकारीले मन्दिरको गजुरसंगै भगवान पनि बेचेको स्थानिय संचारकर्मी अवधेस कामतको दावि रहेको छ। उहाका अनुसार भक्तले दानस्वरुप दिएका बिघौ विघा जग्गा लोप भएको कामतको कथन रहेको छ।
धार्मिक नगरि जनकपुरमा अहिले जुन रुपमा मठमन्दिरको विनास भईरहेको छ। त्यसलाई रोक्नको लाग तत्काल सरोकारावाला निकायले पहल गर्नुपर्ने आवश्यकता रहेको छ। मठमन्दिरको विनास रोकिएभने जनकपुरको एतिहास एकादेशको कथन जस्तो हुने छ। यसको लागि तत्काल सरोकारावाला निकायको ध्यान जानुपर्ने आवश्यकता रहेको छ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: