हंसपुर नगरपालिकामा प्रहरी र स्थानियवासी बिच झडप,पांच घाइते,प्रहरीव्दारा अश्रुग्यास प्रहार (फोटो फिचर)

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा झडप भएको छ। झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ । मेयर राम ज्ञान मण्डल पक्षले पुरानो केन्द्र रहेको बघचौरामा तिन वटा टयाक्टर लिएर समान लिन आउदा उपमेयर समुहले प्रतिकार गरेपछि झडपको अवस्था सृजना भएको छ। 
सोमवार दिउंसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले संचालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।
झडपको क्रममा मेयर पक्षधर संगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झा सहित वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइते मध्ये तपेश्वर मण्डलको टाउकोमा चोट लागेको छ। उनको स्थानीय स्थरमा उपचार भई थप उपचारका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको जनाइएको छ ।
स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरी संगै मेयर मण्डल पक्षधरका  सहित तिन टयाक्टर ५०÷६० जनाको समूह आएको थियो । तर उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।
झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षधरका स्थानीय ज्यान जोगाएर भागेपनि उपमेयर पक्षधरले उनको दुवै टयाक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरी दुईजना स्थानीयलाई नियन्त्रणमा लिएका थिए । झपड बढदै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
संचारकर्मीसंग कुरा गर्दै उपमेयर झाले भनिन् मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक पटक आग्रह गर्दै आएका छौं । तर उनले मानेन, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र   आफनो समर्थकहरुलाई मगाएर जदबजस्ती कार्यालय लिन खोज्दा विवाद भएको  आरोप लगाइन ।  प्रहरीसँग सम्पर्क गर्दा आफूहरुले कसैलाई नियन्त्रणमा लिएका छ्रैनौ, आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको जनाएको छ।दिउंसो १२ बजेदेखि अहिलेसम्म घटना स्थलमा प्रहरी र बघचौडाका स्थानीयबीच झडप जारी नै छ तर सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन । स्थानियवासीहरुका अनुसार आफुहरुले पटक पटक यस विषयमा समस्याको समाधान गर्न पहल तथा कानुन सम्मत निकास खोज्न चाहेपनि त्यस अनुसारको पहल नभएको र कार्यालयको समानहरु एक्कासी लान खोज्दा विवाद सृजना भएपछि प्रहरीले एक्कासी लाठि चार्ज गरेको बताएका छन। मेयर मण्डल र उपमेयर झा बिचमा विवाद लामो समय देखि रहेको छ। मेयरले हंसपुर चौकमा कार्यालय भाडामा लिएर संचालनमा ल्याएको छ भने उपमेयर पुरानै ठाउ बघचौरामा कार्यालय संचालन गर्दै आएको छ। पुरानो वघचौरामा रहेको कार्यालयको कागजातहरु लिन खोज्दा विवाद सृजना भएको छ।






SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: