औचित्य र आवश्यकता आधारमा संविधान संसोधनः संचारमन्त्री


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यक्ता र औचित्य पुष्टि भएपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ।  ‘के का लागि संशोधन ? औचित्य पुष्टि गर्नुपर्यो नि ? यो संविधान सबै संलग्न भएर जारी गरेको छ । मधेवादी दलले नै सरकार चलाई रहेका छन् नि ?,’ उहाले भन्नुभयो ।
मंगलवार जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले संविधान संसोधनको पक्षमा रहने दलहरुले यसको औचित्यता पुष्टि गर्नुपर्ने बताउनुभयो । उहाले औचित्य पुष्टि नगरे सम्म संविधान सांसधेन नहुने बताउनुभयो । संविधान कुनै गिता रामायण नरहेको कारणले यसलाई कहिलेपनि संसोधन हुन नसक्ने प्रष्ट पार्दै तर यसको औचित्य प्रष्ट पार्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिनेछ भन्नुभयो ।उहाँले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराउनुभयो ।सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफँै सुधार गर्नुपर्दछ ।”मन्त्री बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ सँग पक्षपात नगरी न्यायप्रणालीको शुरुआत गरेको उल्लेख गर्दै सिङ्गो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट गर्नुभयो ।
हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उहाँले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्दछ भन्नुभयो ।मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।”उहाँले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
लोक सेवा आयोगले स्थानीय तहकालागि गरेको विज्ञापन संविधान र कानुन बमोजिम रहेको दावी गर्नुभयो  । उहाले आरक्षाणको व्यवस्था छ यो सधैँ चल्दैन  बताउदै  हामी गरिबी विरुद्ध वा आरक्षणकालागि लडदै छौँ, बताउनुभयो । तर कुनै खासलाई आरक्षण होइन आर्थिक हैसियतको आधारमा तल परेकालाई माथि उकास्न आरक्षण दिने हो उहाले बताउनुभयो ।मन्त्री वास्कोटाले लाल आयोगको प्रतिवेदन सरकारले अध्ययन गरिरहेकाले अध्ययन गरिसकेपछि प्रतिवेदन सार्वजनिक गर्ने उहाले बताउनुभयो ।उहाले एजेण्डा सेटिंगमा केही मानिसहरु कार्य गरहरेको बताउनुभयो । राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो ।मन्त्री बाँस्कोटाले मिडियाले सरकारको योजना र जनताको चाहनाबीचको अवरोधलाई उजागर गरी गतिशील र तीव्रता दिने वातावरण निर्माणमा टेवा पु¥याउनु जरुरी भएको बताउनुभयो । उहाँले चुरेको डरलाग्दो दोहन रोक्न सङ्घ र प्रदेश सरकारको प्रयास आवश्यक रहेको धारणा पनि राख्नुभयो ।
मन्त्री बाँसकोटाले मन्त्रीका कामकार्वाहीको निगरानी गर्न सरकारले कार्यसम्पादन सम्झौता गरेकाले व्यवस्थित र योजनाबद्ध रुपमा काम सकाउन मन्त्रीलाई बाध्यता रहको बताउनुभयो । उहाले मुलुकमा राजनीतिक संक्रमणकाल अन्त भइसकेकाले विकास मात्र सरकारको एजेण्डा रहेको उल्लेख गगर्नुभयो । यो वर्ष मुलुकमा संघीयता कार्यन्वयनका गतिशील वर्ष रहेको बताउँदै सरकार नतिजा दिने किसीमले काम गरिरहेको बताउनुभयो ।
तराईलाई मरुभूमीकरण हुनबाट जोगाउन चुरे संरक्षणकालािग राष्टपति चुरे संरक्षण कार्यक्रमलाई जोड दिँदै तिनै तहका सरकार लाग्नुपर्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: