मैथिल नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व टेमी विधिसँगै आज सम्पन्न भएको छ।
सामाजिक साँस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइने गरिन्छ।पर्वको अन्तिम दिन आज टेमी विधिसँगै सम्पन्न भएको हो। यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ। सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, साँस्कृतिक मान्यताको प्रतीकको रूपमा मानिन्छ।टेमी विधिले डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ ।तेह्र दिनसम्म मनाइने यस पर्वमा विभिन्न गीत गाउँदै साथीहरूसँगै फूलबारीमा फूल टिप्दै पर्व मनाउने गर्छन्।वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रासित हुनुले नागरनागिन र प्रकृतिको प्रतीक भएकाले यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नागरनागिनको पूजा गरिन्छ।साउन महिनाको मौना पञ्चमीदेखि शुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ। यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले मनाएका छन्। पर्वमा प्रत्येक दिन गौरी तथा नागरनागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरू नवविवाहिता महिलालाई सुनाइने गरिन्छ।टेमि विधिलाई रुढिवादी परम्परालाई समेत लिने गरिएको छ । संस्कृतिका जानकारहरुले यसलाई अन्धविश्वासको रुपमा समेत ख्याख्या गर्ने गरिएको छ।
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नागरनागिनको विशेष पूजा आरधना गर्ने गरिएकोसाहित्यकार दिगम्बर झा दिनमणिले बताउनुभयो ।
१३ दिनसम्म मनाइएको यो पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गंगा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बाल वसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा सुनाइएको थियो।
0 comments:
Post a Comment