एमबीएसको प्रश्नपत्र आउट गर्ने पाँचजना जनकपुरबाट पक्राउ


प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँच जनालाई पक्राउ गरेको छ।वाणिज्य सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका(१२ का लालबाबु मण्डल, सुजितकुमार मण्डल, सोनुकुमार साह, जनकपुर(४ का लिला राज शिव मन्त्री र सर्लाही ईश्वरपुर नगरपालिका(७ का अविनाश महतो रहेको प्रहरीले जनाएको छ।जनकपुरस्थित राराब क्याम्पसमा प्रश्नपत्र आउट गरेर परीक्षा हलसम्म चिट पुर्याई रहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।पाँचै जनालाई प्रश्नपत्र आउट गरिरहेकै अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। पक्राउ परेकामध्ये लालबाबु र सुजित फाटोकपी पसले रेहेको र अन्य तीनजना परीक्षा हलसम्म चिट पुर्याउने काम गर्ने रहेको उनले बताएका छन्।‘परीक्षा सुरु भइसकेपछि सोनु, लिलाराज र अविनाश भत्रे व्यक्तिले मेसेन्जरको माध्यमले प्रश्नपत्र मगाएको रहेछ,’ एसपी खनालले भने, ‘क्याम्पस नजिकै रहेको मण्डलद्वयको फोटोकपी पसलमा उत्तर तयार पारेर पुनः परीक्षा हलभित्र पुर्याउने काम गर्दो रहेछ। हामीले जानकारी पाउनसाथ उनीहरुलाई रङ्गेहात पक्राउ गर्न सफल भयौँ।’पक्राउ परेकाहरु आँफै परीक्षार्थी नरहे पनि प्रश्नपत्र आउट गरेर चिट बिक्रि गर्ने कार्य गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालको भनाइ छ। पाँचै जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: