सेवाग्रँहीसंग घुस माग्ने ईन्जिनियरमाथि मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका इन्जिनियर जगदीशप्रसाद साह र सब–इन्जिनियर उमा श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
सब इन्जिनियर श्रेष्ठले विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज गराइदिए बापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट पुगेको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारको टोलीले श्रेष्ठलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको थियो।अनुसन्धानको क्रममा सब इन्जिनियर श्रेष्ठले नगरपालिकाका इन्जिनियर साहको निर्देशन, सल्लाह र सहमतिमा सेवाग्राहीसँग घुस रकम लिएको खुलेपछि उनीविरुद्धसमेत मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।‘अनुसन्धानको क्रममा
भेटिएका आधार, प्रमाण र कारणहरुबाट गोलबजारस्थित विद्यालयको शौचालय निर्माण कार्य सम्पत्र भइसकेपछि भुक्तानीका लागि बिल भरपाई पेश गर्दा सब–इन्जिनियर श्रेष्ठले इन्जिनियर साहको निर्देशन र मिलामतोमा सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।साह र श्रेष्ठविरुद्ध जनही ५० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजायको माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा जनाइएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: