धनुषाका सीडीओ र मातहतका कर्मचारी बिच कार्य सम्झौता


जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत बिचमा कार्य सम्झौता भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कणेल र गृहमन्त्रालयका सचिव बिचमा भएको कार्य सम्पादन सम्झौता अन्र्तगत धनुषाका प्रमुख जिल्ला अधिकारीले आफनो मातहतका कर्मचारी बिचमा कार्य सम्पादन सम्झौता गर्नु भएको छ। प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र प्रशासकिय अधिकृत दिपक कर्ण,लेखनाथ खतिवडा र गणेशचन्द्र मिश्र बिचमा समझौता भएको छ। प्रमुख जिल्ला अधिकारी कणलेले चालु आर्थिक वर्षमा जनतालाई सेवाप्रवाहको विषयमा विभिन्न सात बुन्दे सम्झौता भएको जानकारी दिनुभयो । कर्मचारीहरु बढुवा समेत यसको आधार हुने जानकारी दिनुभयो । उहाले विभिन्न सात बुन्दे सहमति रहेको छ। यसले कार्य सम्पादनमा सक्रियता आउने विश्वास व्यक्ति गर्नुभयो । जिल्ला प्रशासन कार्यालय धनुषाले गत आर्थिक वर्षमा वंशजको आधारमा नागरिकता १६हजार ४ सय ८, वैवाहिक अंगिकृत ७ सय ७९,प्रतिलिपि नागरिकता ९ हजार ४ सय ३३, राहदानी ७ हजार ५ सय ३२, संस्था दर्ता १सय ३६, संस्था नविकरण ४ सय २५, पत्रपत्रिका दर्ता ३ भएको छ। त्यसैगरि जिल्ला शासन कार्यालय धनुषामा मुद्दाको संख्या २ हजार ६सय १४ रहेको छ। मुद्दाको फैसला २सय ९२ ,ठारो उजुरीको संख्या १हजार १६, अभद्र व्यवहार १सय ७५,सार्वजनिक शान्ति विरुद्ध ६५,केही सार्वजनिक अपराध ७४,बजार अनुगमन १४ भएको जनाइएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: