रबिका समर्थक र प्रहरीबीच झडप , प्रहरीको गाडी तोडफोड , अश्रुग्याँस प्रहार


आज पनि चर्चित पत्रकार रबि लामिछानको समर्थकहरुले चितवन बिहानै देखि तताईरहेका छन् । रबिको गिरफ्तारीपछि आक्रोसित भईरहेका उनका समर्थकहरुले आज बिहानैदेखि चितवनमा नाराजुलुससहित बिरोध प्रर्दशन गरिरहेका छन् । रबिलाई पत्रकार शालिकराम पुडासैनीको हत्या प्रकरणमा फसाउँन लागिएको भन्दै समर्थकहरुले बिरोध प्रर्दशन तिव्र बनाईरहेका छन् । आज पनि रबिका समर्थक र प्रहरीबीच झडप भएको छ । प्रहरीसंग झडप भएपछि प्रहरीको मोबाईल गस्ती टोलीको गाडीमाथि तोडफोड गरेका छन् । तोडफोडपछि सुरु भएो झडपपछि प्रर्दशनकारीलाई तितरवितर बनाउँन प्रहरीले लाठी चार्जदेखि चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । रबिका समर्थकहरु व्यापकरुपमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिजो साँझ पनि समर्थक र प्रहरीबीच झडप भएको थियो । जुन झडपमा ५ प्रहरी घाईते भएका थिए । त्यतीबेला पनि प्रर्दशनकारीहरुलाई तितरवितर बनाउँन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: