जनप्रतिनिधिले कुटे आफनै जनतालाईलाई

जनकपुर उपमहानगरपालिका १७ मा स्थानीय जनप्रतिनिधि कै उपस्थितिमा युवाहरुमाथि कुटपिट भएको छ ।
बाढी, पहिरो र डुवानबाट क्षति पुगेको सडक बनाइदिन माग गर्दै नारा जुलुसहित पुगेका स्थानीय युवाहरुलाई वडा अध्यक्ष परमेश्वर यादव र उनका सहयोगीले कुटपिट गरेका हुन् ।
कुटपिटबाट स्थानीय युवाहरुको टाउको लगायत शरिरका अन्य ठाउँमा चोक लागेको घाइते युवा जितेन्द्र मुखीयले द नेपालटपलाई यसबारे जानकारी दिए ।
बाढीले क्षति पुगेको गाउँको सडक मर्मत गर्न र बाटो सूचारु गराउन युवाहरु वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष यादव र प्रदेशसभा सदस्य राम अशिष यादवको उपस्थितमै युवाहरुमाथि आक्रमण भएको घाइते युवाहरुले आरोप लगाएका छन् । वडा अध्यक्ष यादव फोरमबाट निर्वाचित हुन् ।
कुटपिटबाट घाइते भएका दुई युवाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेमध्ये जितेन्द्र मुखियाको टाउकोमा गम्भीर चोट लागेको र जयनाथ साहको शरीरमा चोट लागेको जनकपुर अञ्चल अस्पतालका चिकित्सकले बताए ।
सोही वडा कटरैतका मुखियाको टाउमा टाका लगाइएको छ भने साहको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको चिकित्सकले बताए ।
घाइते जयनाथले भने, ‘हामी माओवादीका कार्यकर्ता भएको बताउँदै कुटपिट गर्न अध्यक्ष यादव स्वयं अगाडि आएको र पछि उनका सहयोगी समेतले समातेर पिटन सुरु गर्यो ।’
सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य राम आशिष यादवले भने, ‘हामी वडा कार्यालयमा स्वास्थ्य शिविर चलाई रहेको बेला बाटो बनाउने विषयलाई लिएर नारा जुलुस लगाउँदै दशजना युवाहरु आएको बेला सामान्य झडप भएको हो ।’
आफुले नै स्थिति नियन्त्रणमा लिएको स्वीकार गर्दै उनले भने, ‘युवाहरुले भने जस्तो वडा अध्यक्षले कुटपिट गर्नुभएको छैन ।’
कुटपिट गरेको आरोप लागेका वडा अध्यक्ष प्रदेशसभा सदस्य यादवको आफ्नै दाई हुन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: