विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको नेकपाले लिएको निति स्पष्ट नभएको दावि गर्नुभयो । उहाले कुनै बाटोमा जाने यसको कार्य निति कस्तो हुने जस्ता सवालमा उनिहरु आफै प्रष्ट नभएको बताउनुभयो ।
जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव वैद्यले सरकारले विप्लव समुहमाथि सरकारले लगाएको प्रतिवन्धन गलत भएको बताउनुभयो । उहाले पार्टी स्वतन्त्रताको लागि संग संगै लडने सहयोद्धिाबाट भएको प्रतिवबन्ध गलत भएको बताउनुभयो । वैद्यले विप्लवले जनसंर्घष गर्ने कि सशस्त्र संघर्ष गर्ने भन्नेमा प्रष्ट नरहेको बताउनुभयो । वैद्यले सरकारले लिएको निति अहिले गलत रहेको बताउनुभयो । उहाले विप्लव समुह र सरकार दुवै अहिले अन्योताको अवस्थामा रहेको बताउनुभयो । उहाले सरकारले उनिहरुको समयालाई राजनितिक रुपमा समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनभो । मुलुकमा कम्युनिष्ट पार्टीको सरकार रहेपनि उनिहरु नामको नाम कम्युनष्टि रहेको दावि गर्दै उनिहरु याथास्थितिवादी र संसदवादी रहेको दावि गर्नुभयो । वैद्यले वर्तमान सरकारले जनताको सवालहरु समाधान गर्न नसकिने दावि गर्दै फेरि जनताको सवालालाई लिएर आन्दोलनको आवश्यकता रहेको औल्याउनुभयो । वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि बताउनुभयो ।
 उहाले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताउनुभयो ।उहाले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आएको बताउनुभयो  । वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उहाले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गर्नुभयो ।‘कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक् स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली–प्रचण्ड सरकारले गर्ने थिएन’, उहाले भन्नुभयो । जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारी माओवादीले नयाँ ढंगले अगाडि  बढाउने उल्लेख गर्दै वैद्यले  संगठन विस्तार तथा नयाँ ढंगले आन्दोलन हाक्ने जनकपुरमा बसेको पोलिटव्यूरो बैठकले निर्णय गरेको बताउनुभयो ।उहाले अहिलेको अवस्थामा हतियारबद्ध आन्दोलन आवश्यकता नरहेकोले परिस्थति अनुसारको सबै वर्ग, लिंग समुदायलाई समेटेर नयाँ उचाईका साथ आन्दोनलको आवश्यकता रहेकोले सोको तयारीमा लागेको बताउनुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: