नेकपाको गुटगत भेला जारी, आजको बैठक स्थगित


पार्टी एकतालाई अन्तिम स्तरमा टुगाएको नेकपामा अहिले फेरि गु


टबन्दी मौलाउन थालेको छ। पार्टीको स्कुल विभाग गठनमा सहमति हुन नसकेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा गुटगत छलफल तीव्र बनेको छ । स्कुल विभागलाई लिएर तत्कालिन एमाले र तत्कालिन माओवादी पक्षबीच असझदारी बढेसँगै दुबै पक्षले आन्तरिक बैठक र छलफललाई तीव्र पारेका हुन् । तत्कालिन एमाले पक्षबाट ईश्वर पोखरेल र तत्कालिन माओबादी पक्षबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागमा दाबी नछाडेपछि आज बस्ने भनिएको सचिवालय बैठकपनि स्थगित भएको छ । ३२ विभागमध्ये अन्यको नेतृत्व टुंगो लागेपनि बैचारिक लाईनको नेतृत्वमा पार्टी्भित्र धुव्रिकरण बढेको हो । पूर्वमाओवादी केन्द्रबाट अध्यक्ष पुष्प कमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीच अहिले छलफल भइरहेको श्रोतले बताएको छ । यस्तै तत्कालिन एमाले पक्षका शीर्ष नेताहरुपनि आन्तरिक छलफलमा छन् । पार्टी एकताको लामो समयपछि विभाग गठन गर्ने नेकपाको प्रयास यो विवादसँगै अन्योलमा परेको छ । पार्टीको वैचारिक संघर्ष सतहमा आएसँगै एकिकरण अघिका दुई दलको धार पार्टीमा स्पष्ट देखिएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: