प्रतिक्रियावादीहरुले नेता, नेताको झगडा गराएको प्रचण्डको दाबी


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता नेताको झगडा गराएको दाबी गर्नुभएको छ । झगडा गराउन होइन, मिलाउने भूमिका खेल्न नेताहरुलाई उहाँले आग्रह समेत गर्नुभयो । आज ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रतिक्रिया वादीहरुले नेता, नेतामा झगडा लगाउने गरेको बताउनुभयो । दुश्मनका कारण नभई आफ्नो कमजोरी, अहंकार र व्यक्तिवादी चिन्तनका कारण कम्युनिस्ट पार्टीहरु असफल भएको विश्व इतिहास रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । पार्टी एकता गर्ने घोषणासँगै प्रतिक्रियावादीहरुको चलखेल सुरु भएको भन्दै प्रचण्डले विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दी पार गरेर प्रतिवद्धता अनुसार नै एकता घोषणा गरिएको बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: