करोडौ रुपैया खर्च हुदा समेत जनकपुरधाम नगर दुर्गन्धीत


जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तार गरेपनि जनकपुर नगरको सफाई तर्फ खासै ध्यान दिएको देखिदैनन । करोडौ रुपैया खर्च हुदा समेत जनकपुर नगर दुर्गन्धीत देखिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई शिर्षकको नाममा लाखौ रुपैया खर्च गरेको देखिएको छ। सफाई साधानको ईन्धनमा जनकपुरधाम उपमहानगरपालिकाले ५५लाख ३७ हजार ४सय ५३ रुपैया खर्च गरेको छ। त्यसैगरि निर्माण तर्फको ईन्धनमा समेत २लाख ७८ हजार ७सय ८ रुपैया खर्च गरेको देखिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सफाई औजार तथा सामग्रीहरु खर्चमा १ करोड ३६लाख ५९ हजार ९सय ६८ रुपैया खर्च गरेको छ। त्यसैगरि फोहर मैला व्यवस्थापन जनचेतना जगाउनेमा ४लाख ९६ हजार ६सय ३५ रुपैया खर्च गरेको छ सवारी सधान मर्मतको लागि ४लाख३९ हजार ५सय ७२,सवारी सधान विमा प्रियममा १लाख ५९ हजार १सय ३२, मेशीनरि औजा तथा अन्य उपकरण मर्मतमा ६४जहार ४सय ६० रुपैया, गरेको देखिएको छ। राजा जनकको राज्य र जानकी मन्दिरले मात्र नभएर विभिन्न समयमा परिर्वतनका लागि बलिदानको केन्द्र पनि जनकपुर हो । तर, यी सबै पहिचान पछिल्लो समय जनकपुरको दुर्गन्ध र फोहरले ढाकिएको छ ।
राजनीतिक खिचातानीले फोहर व्यवस्थापन नहुँदा जनकपुरको सौन्दर्य छोपिएको छ । संघीय नेपालमा प्रदेश २ का लागि तोकिएको अस्थायी मुकाम जनकपुर अव्यवस्थित र दुर्ग्न्धित सहर बन्न पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रविन्दु जानकी मन्दिरको मूल गेटमै फोहर थुप्रिएको छ ।मिथिलाको भोजन, संस्कृति, पहिरन बुझ्ने मौका पाउँदा धार्मिक नगरी जनकपुर टेक्दा प्रसन्न मनले आउने पर्यटक दुर्गन्धले मन खिन्न बनाउन बाध्य छन् । यहाँका तलाउ, सरोवर, सडक, मठ मन्दिर, खाना नास्ता खाने होटल, चौतारा फोहरले ढाकिएका छन् । पोखरीको पानी फोहरले कालो भएको छ ।पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ । जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको सम्बद्र्धन र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन । छिमेकी मुलुक भारतका सहरहरुमा भएका पूर्वाधारका विकाससँगै मिथिलाञ्चलका जनकपुरले पनि आफ्नो पहिचानलाई जीवन्त राख्न सक्नुपर्छ भन्ने आवाज पटकपटक उठ्ने गर्छ तर काम भने त्यस अनुरुप भएको छैन । पर्यटकीय आकर्षणका धेरै सम्भावना भएर पनि यहाँका गन्तव्यस्थलहरु ओझेलमा परेका छन् । यहाँ केही निजी ठूला घर बने पनि सार्वजनिक प्रयोजनका लागि आवश्यक भौतिक पूर्वाधार तयार हुन सकेको छैन ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: