सर्लाही घटनाको अध्ययनका लागि छानबिन समिति नबनेसम्म संसद चल्न नदिने काँग्रेसको अडान


सर्लाहीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद चल्न नदिने भएको छ । सात दिनअघिका लागि बोलाइएको संसद् बैठकमा के के विषयमा छलफल गर्ने भन्ने बारेमा सहमति नभएपछि संसद् बैठक सूचना टाँसेर ९ दिनका लागि स्थगित भएको थियो । मुलुकभरमा बाढी, डुबान र पहिरोको प्रकोपका बारेमा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउँदा पनि संसद् बैठक स्थगित गरिएको भन्दै काँग्रेसले आपत्ति जनाउँदै आएको छ । सीआईएनसँग कुराकानी गर्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बाढी, पहिरो र डुबान बाहेकको छलफल बाहेक सदनमा अरु कामकारबाही सुरु हुनुअघि संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताउनुभयो । संसद्को बैठक आगामी बुधबारका लागि बोलाइएको छ । विधिको शासन कायम गर्नका लागि राजपासँग पनि सहकार्य सुरु भएको जनाउँदै प्रमुख सचेतक खाँणले आगामी दिनमा पनि सुशासनका विषयमा कार्यगत एकता निरन्तर रहने जानकारी दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: