चट्याङ्ग लागेर तीन सहित पाँचजनाको मृत्यु


सप्तरीमा मंगलबार चट्याङ्ग लागेर तीन जना तथा करेन्ट लागेर एक र सवारी दुर्घटनामा एक जना गरी  पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुरुड्डा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका–११ का ४५ वर्षीया शिबशतीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभएको छ । चौधरीलाई खेतमा काम गरिरहँदा र पण्डित खेतमा काम गरिरहेका आफ्ना श्रीमानलाई खाना पु¥याएर फर्किरहँदा चट्याङ्ग लागेको प्रत्यक्षदर्शीको भनाई छ । चट्याङ्ग लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि लहान लगिए पनि अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो भने पण्डितको घट्नाास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।त्यस्तै मंगलबारै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का लक्ष्मण यादवको १५ वर्षीया छोरी पुनम यादवको पनि चट्याङ्ग लागेर मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ्ग लागेर लडेको यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार खडक नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ५९८२ नम्बरको हायसले विपरित दिशाबाट आउदै गरेको स १ प ९७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खडक नगरपालिका ६ का ५५ वर्षीय कारीचन साहको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते साहको उपचारको लागि स्थानीय एडभान्स अस्पताल कल्याणपुरमा उपचार गरी थप उपचारको लागि विराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबारै दिउँसो करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका १ कामत टोलका संजय कामतको श्रीमती ३५ वर्षीया रानी देवी कामत रहेको छ । कामतको आफ्नै घरको तार जोडने क्रममा करेन्ट लागुर मृत्यु भएको प्रहरीले जनाएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: