पूर्व उपसचिवको घरलाई लक्ष्य गरी कलंकीमा गोली प्रहार


गृहमन्त्री राम बहादुर थापा बादलले देशको शान्ति सुरक्षामा सुदृढ भएको दावि गरिरहेको अवस्थामा राजधानीमा गोली प्रहार भएको छ। मंगलबार साँझ कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिवको घरलाई लक्ष्य गरी गोली प्रहार भएको छ।
साँझ सबा ७ बजे पूर्व उपसचिव विष्णुप्रसाद शर्माको घरलाई लक्ष्य गरेर गोली प्रहार भएको महानगरी प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्।  प्रहरीले शर्माका छिमेकी शोभाखर खनाललाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको राठौरले बताए।खनालको घरबाट म्याग्नम बन्दुक, १२ बोरको अर्को बन्दुक र त्यसको सय राउन्ड गोली बरामद गरेको छ।घटना हुँदा खनालको घरमा उनीसहित १०२ वर्षका बाबु र श्रीमती थिए भने शर्माको घरमा उनीसहित उनकी छोरी र श्रीमती थिए।खनालको घरबाट बरामद भएको बन्दुकबाट गोली चलेनचलेको परीक्षण ल्याबमा परीक्षण गरी अनुसन्धान गर्ने राठौरले बताए।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: