नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न मुख्यमन्त्री राउतको सुझाव

मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न  सुझाव दिनु भएको छ ।
महोत्तरी बर्दीवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा , एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताउनु भयो ।
स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मैथिली , भोजपुरी , बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गर्नु भयो । प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले संघीयताका जननी प्रदेश २लाई संघीयताको सफलताको अगुवाई समेत गर्नु पर्ने उल्लेख गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ संघीयताको मांग यसै भूमि बाट भएको हो,  संघीयताको सफलताको लागि प्रदेश नं. २ ले चालिने कदम अन्य प्रदेशका साथै संघका लागि समेत मार्गदर्शक हुने छ ।
उहाँले सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल(हारुनको फुल)को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाउनु भएको हो ।
कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताउनु भयो । उहाँले प्रदेश नं. २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्नु हुँदै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।    


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: