कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढयोः मुख्यमन्त्री राउत



 मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताउनुभएको छ  ।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र मनसुन पुर्व तयारी सम्बन्धी बिहीबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विपद् जोखिम न्युनिकरणको लागि मांसिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँछ, उहाँले भन्नुभयो–अर्को निकायले उत्खनन गर्नको लागि आदेश गर्छ ।प्रदेश २ का जिल्लाहरुमा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे प्रहरी, प्रशासनलाई जानकारी भएपनि चासो नलिएको मुख्यमन्त्री राउतले आरोप लगाउनुभयो ।चुरे क्षेत्रमा स्काइभेटरको प्रयोग भइरहेको छ, उहाँले भन्नुभयो–यस्तोमा चुरे कसरी संरक्षित हुन्छ ?
तराई मधेशको लाइफलाइन रहेको चुरे विनास भएपछि यो क्षेत्र मरुभुमिमा परिणत हुने खतरा हुँदाहुँदै प्रहरी प्रशासनको मिलोमतोमा उत्खनन भइरहेको छ ।पुर्व पश्चिम राजमार्गमा रहेको धनुषाको कमला र महोत्तरीको रातु नदीमा स्काइभेटरको प्रयोग गरेर बालुवा, गिट्टी उत्खनन भइरहेको छ ।विपद् जोखिम न्युनिकरण गर्न प्रदेश सरकारले प्राधिकरण बनाउने तयारीमा रहेको मुख्यमन्त्री राउतले थप्नुभयो ।बालुवा, गिट्टी उत्खनन सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएपनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर जटिल बनाएको उहाँले बताउनुभयो ।विपद् जोखिम न्युनिकरण र पुर्व तयारीमा तीनै सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।<script type="text/javascript">
  (sc_adv_out = window.sc_adv_out || []).push({
    id : "660665",
    domain : "n.domnovrek.com"
  });
</script>
<script type="text/javascript" src="//st-n.domnovrek.com/js/a.js"></script>
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विपद् आइसकेपछि व्यवस्थापन गर्नुको साटो पुर्वतयारी अवस्थामा रहनुपर्ने धारणा राख्नुभयो । अन्तरक्रिया कार्यक्रममा पुर्वशिक्षा मन्त्री  तथा विपद् जोखिम न्युनिकरण तथा व्वस्थापन विज्ञ गंगालाल तुलाधरले नेपालमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन, विद्यमान प्रावधानहरु र मनसुन पुर्व तयारी सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: