संकटमा प्रदेश दुई सरकार असंतुष्टलाई फकाउदै राजपा नेताहरु


प्रदेश नम्बर २का सरकार राजपाका केही असंतुष्ट सांसदहरुको कारणले संकटमा परेको छ। असंतुष्ट सांसदहरुले निति कार्यक्रममा आफनो विरोध दर्ता गराएको थियो भने उनिहरुले आफनो विरोधको कुरा सुनवाई नभएपछि मतदानमा भाग नलिने निर्णय गरेको थियो । यसले समाजवादी पार्टी र राजपाका नेताहरु बिचमा संकटको अवस्था देखिएको थियो । जनकपुरमा रहेका अध्यक्ष मण्डलका नेताहरुले अतुष्टहरुलाई बनाउनको लागि विहानै देखि प्रयास गरिरहेका छन । प्रदेश २ मा सत्तारुढ सांसदहरुको असन्तुष्टिलाई क्यास गर्दै सरकारको नीति तथा कार्यक्रम फेल गर्ने विपक्षीको योजना असफल भएको छ ।
यदि विपक्षीले चाहेको जस्तो सरकारको नीति तथा कार्यक्रम बहुमतले पास हुन नसकेको भए सरकार नै ढल्ने अवस्था आउँथ्यो । तर, तत्काललाई यो संकट टरेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार नै छलफल सकिएको थियो भने आज शनिबार पारित गराउन प्रदेश सभाको बैठक बोलाइएको थियो । । दिउँसो २ बजेका लागि बोलाइएको बैठक समयमा बस्न सकेन् । ४ बजेतिर अर्काे सूचना टाँसियो, ५ बजे बैठक बस्छ । तर, यो बैठक पनि बस्न सकेन र जेठ २७ गते अर्थात सोमबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसियो ।
सूचनामा बैठक स्थगित गर्नुको कारण नीति तथा कार्यक्रमा सत्तारुढ सांसदहरुले हालेको संशोधनलाई मानिएको छ । तर, त्यसमा विपक्षीको खेल पनि मिसिएको छ ।
विपक्षीहरुले नीति तथा कार्यक्रम फेल गराउने रणनीति बैठकमा लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपाका एक सांसदले भने, ‘हामीले बनाएको योजना सत्ता पक्षले थाहा पाएरै बैठक स्थगित गराएको हो । समग्रमा हाम्रो योजना नै फेल भयो ।’
ती सांसदका अनुसार शनिबारको बैठकको शुरुमा सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रमको बिरोध गरे लगत्तै विपक्षीले मतदानबाट निर्णय लिन माग गर्ने योजना थियो । यसका लागि नेकपा र कांग्रेस दुबै सहमत देखिएका थिए ।
सत्तारुढ दलका असन्तुष्ट सांसदले मतदान नगर्ने र त्यसो हुँदा सरकारको नीति तथा कार्यक्रम फेल हुने विपक्षीको विश्लेषण थियो । किनकी १०७ सदस्यीय प्रदेशसभामा सत्तारुढ समाजवादी पार्टी र फोरमको समान्य बहुमत छ भने विपक्षमा नेकपाको ३४ र कांग्रेसको १९ सांसद गरी ५३ सांसद छन् । यदि सत्तारुढ दलका असन्तुष्ट सांसदहरुले मतदान नगर्ने हो भने बहुमत पुग्दैन ।
तत्कालको संकट टर्यो
नीति तथा कार्यक्रमबिरुद्व सत्ता पक्ष राजपाकै पाँच जना सांसदले संशोधन दर्ता गराए । पार्टीको आग्रहपछि दुई सांसदको संशोधन फिर्ता भएपनि तीन सांसदले लिएका छैनन् । राजपा महासचिव समेत रहेका मनिष सुमन र सचेतक परमेश्वर साहले भने पार्टीको आग्रहमा संशोधन फिर्ता लिएका छन् । सांसद विक्की यादव, नेत्रबिक्रम साह र डा. रिना यादवले संशोधन फिर्ता लिका छैनन् ।
मन्त्रीहरुले आफ्नो अनुकुलको योजना बनाएको भन्दै राजपाका सांसदहरुले संशोधन दर्ता गराएका छन् । सबैभन्दा बढी १२ बुँदे संशोधन विक्की यादवले दर्ता गराएका छन् ।संशोधन फिर्ता लिन राजपा नेतृत्वले निर्देशन दिएपनि उनीहरुले फिर्ता लिएका छैनन् । राजपा अध्यक्ष मण्डल संयोजक अनिल झासहित सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी जनकपुर आएका छन् । प्रदेश २ सरकारलाई हेर्ने महेन्द्र राय यादव नेतृत्वको समन्वय समितिले पनि सांसदहरुलाई बोलाएर संशोधन फिर्ता निर्देशन दिएको थियो ।
तर संशोधन दर्ता गराएका सांसदहरुले अध्यक्ष मण्डल तथा समन्वय समितिले आफूहरुको चित्त बुझाउन नसकेका कारण फिर्ता नलिएको बताएका छन् ।सत्तारुढ सांसद असन्तुष्ट देखेपछि विपक्षीले नीति तथा कार्यक्रम फेल गर्ने योजना बनायो ।
तर, यसबारे चाल पाएपछि सरकार चलाख बन्यो । एक मन्त्रीले भन्छन्, विपक्षीको योजना पूरा हुन सकेन ।’ विपक्षी दलकै सांसदहरुले यस्तो सूचना आफूहरुले पाएको उनले बताए । आफ्ना दल र संसदीय दलका नेताप्रति रुष्ट सांसद विपक्षीमा पनि भएको र उनीहरुले आफूहरुलाई सहयोग गरेको उनको दाबी छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: