चुरे विनासको जिम्मेवार संघीय सरकारःमन्त्री राय


उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले चुरे संरक्षणमा संघीय सरकारको गलत निति प्रमुख बाधक रहेको बताउनुभयो । उहाले चुरे क्षेत्रमा अनियन्त्रीत रुपमा वस्ती बसाउने गरिएको कारणले गर्दा चुरे क्षेत्र जोखिममा परेको बताउनुभयो ।
५ औ चुरे दिवसको अवसरमा धनुषाको धनुषाधाममा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री रायले चुरे क्षेत्रमा वन जंगल मासेर सकुम्वासीको नाउमा मानव बती बसाउने कार्य भईरहेको प्रति आपति जनाउदै चुरे क्षेत्रमा मानव वस्ती बसाउने कार्य नरोकिए सम्म चुरे संरक्ष्ण हुन नसक्ने बताउनुभयो ।मन्त्री रायले चुरे संरक्षण गर्ने हो मानव सहित चुरेको विकासले मात्रै सम्भव रहेको बताउनुभयो ।
मन्त्री रायले चुरे विकासको लागि प्रदेश सरकार जिम्मेवार रहेको बताउनुभयो । उहाले मधेसलाई मरुभुमिबाट जोगाउनको लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनु भयो । मन्त्री रायले चुरे संरक्ष्ण विना समृद्धि मधेसको परिकल्पना समेत गर्न नसकिने बताउनुभयो । कार्यक्रममा बोल्दै उद्योग पर्यटन,वन तथा वातावरण राज्य मन्त्री सुरेशकुमार मण्डलले चुरे मधेसको जिवन रेखा भएको कारणले गर्दा यसको संरक्षणमा बढि गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्टपति चुरे संरक्षणका समितिका अध्यक्ष वीरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा निति आयोगका सदस्य डा. सुरेन्द्र झा,जिल्ला समन्वय समितिका प्मुख रामदेव वनरैत यादव,प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, विभिन्न स्थानिय निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
चुरे आसपासमा बसोवास गर्ने मानिसहरु चुरेमा आश्रति हुँदा चुरेको वन क्षेत्र मासिदै गएको छ भने प्राकृतिक प्रकोपको जोखिम पनि बढाएको छ । खुकुलो पत्रे चट्टान र माटोले बनेको चुरे क्षेत्र प्राकृतिक रुपमा कमलो भुभाग हो । प्राकृतिक रुपमै चुरे क्षेत्रमा भुस्खलनको समस्या छ भने मानव श्रृजित कारणले झन् ठुलो समस्या बनेको छ । चुरे जंगलवाट बगेर आउने खोलाहरुको मुहान एक मिटर मात्र चौडा छ भने दुई किलोमिटर तल दुई सय मिटर भन्दा बढी फैलिएका छन्  । चुरे क्षेत्रवाट बगेर आउने ढुङ्गा, गिटि र बालुवाले खोलाको सतह मानिवबस्ती भन्दा अग्लो बनेको छ । चोरी तस्करी, बनअतिक्रमण तथा घास दाउरा र काठका लागि अत्यधिक मानिस आश्रति हुँदा चुरेको विनाश भएको हो ।
जिविकोपार्जनका लागि पनि धेरै मानिस चुरे क्षेत्रमा आश्रति बनेका छन् भने बसोवास र सार्वजनिक कामका नाममा चुरे क्षेत्रमा अतिक्रमण बढ्दो छ ।
कतिपय सामुदायिक बनका पदाधिकारीमा बन संरक्षणको जिम्मेवारी भन्दा पनि काठपात बिक्री गरेर आम्दानी गर्ने सोच हावी भएको पाईन्छ भने राजनीतिक वातावरणले  पनि चुरेको अतिक्रमण तथा दोहन रोक्न समस्या भएको छ ।
चुरेको दोहन रोक्न आश्रति मानिसलाई जिविकोपार्जनको बिकल्प दिन जरुरी  छ । यसका लागि सामुदायिक वनहरुले गरिवी निवारणमा खर्च गर्नुपर्ने ३५प्रतिशत रकमको सही सदुपयोग गर्न जरुरी छ ।
चुरे क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न एकातिर नियन्त्रण र संरक्षणको खााचो छ भने अर्को्तिर बिकल्पका लागि जिविकोपार्जनका कार्यक्रम ल्याउन आवश्यक देखिएको छ ।    विभिन्न जडिबुटीले हराभरा र घना जंगल रहेको चुरे क्षेत्र संरक्षणको अभावमा अहिले उजाड बन्दै गएको छ । चुरे संरक्षणका लागि राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम लागु भएपनि वन अतिक्रमण गरि बसोबास गर्दै आएकाहरु मुख्य समस्याको रुपमा रहेको छ ।जैबिक बिबिधताले भरिपुर्ण चुरे बनजंगल दिनानुदिन मासिंदै गएको छ । चुरेक्षेत्र मासिदै गएपछि बाढी, पहिरो र भूक्षयले वर्षेनी तराईका हजारौ बिघा उर्वरभूमि मरुभूमि बन्दै गएको हो । यस क्षेत्रमा हिउदमै खानेपानी, सिचाई र बस्तुभाउलाई खुवाउने पानीको समस्या हुने गरेको छ ।  
चितवनदेखि धनुषासम्मका आठ जिल्लामा रहेको सात लाख २३ हजार आठ यस ४२ हेक्टर चुरे वन क्षेत्र मध्ये ११ हजार ३ सय ६८ हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । बिजुली, पानी, सडक, विद्यालय, स्वास्थ्यचौकी लगायतका पुर्वाधारहरु निर्माण गरिदिएकाले श्रेस्ता र प्रमाण बिनै बन क्षेत्रको घरजग्गा कपाली तमसुकका भरमा किनबेचसमेत हुादै आएको छ ।
मानव बस्ती बिसतारसंगै चुरे क्षेत्रको बनविनाश, चरिचरण, खोरियाफडानी, ढुङ्गा, गिट्टी र वालुवा निकासी जस्ता अबैध कार्य प्राकृतिक विपत्तिको कारक बन्दै गएपनि यसको रोकथामका लागि स्थानीय तहले पनि ठोस कार्ययोजना ल्याएका छैनन् ।
सरकारले ६ वर्षअघि राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम लागु गरी चुरे संरक्षणको नाममा राज्याकोषबाट वाषिर्क अर्बौ रुपैयाा खर्च गर्दै आएको छ । तर सरकारले चुरे क्षेत्रको प्रभावकारी अनुगमन नगर्दा सिरहा, सप्तरी लगायत तराईका जिल्लाका चुरे क्षेत्रमा हुने बन फडानी ,उत्खनन् र दोहोन रोकिएको छै्न ।चुरे क्षेत्रमा हुने बनफडानी, गिटीबालुवा उत्खनन् र दोहनको कारण तराईमा वर्षै्पिच्छे पानीको मुहान सुक्दै जानुको साथै नदी कटान, भूक्षय र जमीनको उर्वरा शक्ति समेत घट्दै गएको छ । 



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: