जनकपुर अंचल अस्पतालमा दलाली गर्ने दुई पक्राउ


जनकपुर अञ्चल अस्पतालमा आएका विरामीलाई निजी क्लिनिकमा पठाएर दलालीको काम गर्ने २ जना दलाल प्रहरीको फन्दामा परेका छन् । फन्दामा पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने वर्ष ३५ का मनोज यादव र सिरहा नगरपालिका ११ घर भइ हाल जनकपुर बस्ने वर्ष २५ का संजय कामती रहेका छन् ।अस्पतालमा उपचारका लागि आएका विरामीलाई बाटोमा छेकी फकाईफुलाई गरेर निजी अस्पताल र क्लिनिकमा पठाएर कमिसन कमाउँने बिचौलियाको काम गर्ने गरेको सुराकीको आधारमा दुवैजनालाई पक्रपाउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आईतबार पक्राउ परेका दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: