सार्वजनिक यातायातको भाडा बढाउने निर्णय


यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिनुभयो । यसअघि विभागले दसैँको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो । विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धिलगायत बजारको महङ्गीलाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको जनाएको छ । महानिर्देशक दहालका अनुसार अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ । विभागले ४ किलोमिटरलाई आधार मानेर न्यूनतम भाडा तोक्दै आएको छ । विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ । जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ । यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: