प्रदेश र जिल्ला प्रहरी प्रमुख सङ्घमा राख्न नहुनेमा सांसद्हरुको जोड


प्रहरी कर्मचारीको समायोजन सम्बन्धी विधेयकमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख सङ्घकै रहने व्यवस्था गरिएकोमा सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विधेयेकमाथि दफावार छलफल भएको थियो । प्रदेश प्रहरी सङ्घको रहने भन्ने प्रावधान सङ्घीयताविरुद्ध भएकाले यसलाई संशोधन गर्नुपर्ने बैठकमा सहभागि नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बताउनुभयो । नेकपाका सांसद रेखा शर्माले प्रदेशमा सङघको युनिट रहने हुँदा सङ्घीय युनिटको प्रमुख सङ्घकै हुन पाउने तर, प्रदेशको प्रहरी प्रमुख नै सङ्घको हुने भन्ने विषय मान्न नसकिने बताउनुभयो । नेकपाका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेशले परिचालन गर्नेगरी प्रदेशमा नेपाल प्रहरी राख्नुपर्ने बताउनुभयो ।  प्रदेशमा रहने प्रदेश प्रहरी र नेपाल प्रहरीको काम–कर्तव्य र अधिकार के हो भन्ने स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ । सरकारले ल्याएको विधेयकको दफा ३ को उदफा ५ मा प्रदेश प्रहरी र जिल्ला प्रहरी प्रमुख नेपाल प्रहरी हुने व्यवस्था छ । यो व्यवस्थालाई जस्ताको त्यस्तै लिएर जानुपर्ने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अदालतको प्रक्रियाका लागि पनि प्रदेश प्रहरीमा नेपाल प्रहरी आवश्यक रहेको बताउनुभयो । बरु सङ्घीय प्रहरीले अनुसन्धान गर्ने र प्रदेश प्रहरीले अनुसन्धान गर्ने विषय के–के हुन् भनेर थप ब्याख्या गरी स्पष्ट पारेर जान सकिने खनालको भनाइ छ । प्रदेश प्रहरी र जिल्ला प्रहरी प्रमुख नेपाल प्रहरी नै रहने कि प्रदेशले नै नियुक्त गरेर राख्ने भन्नेमा समिति टुङ्गोमा पुगिसकेको छैन । यस सम्बन्धमा गृहमन्त्रालयले नै नयाँ विकल्प सहितको प्रस्ताव ल्याउने र त्यसैमा छलफल गर्ने समितिको तयारी छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: