मुलुकभर हावाहुरी सहित वर्षा,दुईको मृत्यु


काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा परेको हावाहुरी सहितको वर्षाले जनजीवन प्रभावित भएको छ । हावाहुरीले काठमाडौं सहित, भक्तपुर, ललितपुरका विभिन्न स्थानमा घरका छाना उडाएका छन् । मुलुकको पूर्वी तथा मध्य र पश्चिमी भू–भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय वायुको कारण हावाहुरी सहित वर्षा भएको र यो क्रम बिस्तारै पूर्व सर्दै जाने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । आज दिनभर मौसम बदली रहने उहाँको भनाई छ ।यता सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–२ पोल्ट्र स्थित फर्मको पर्खाल भत्किदा स्थानीय लाहनु डगौराको मृत्यु भएको र गोेदावरी नगरपालिका वडा नम्बर–८ जमुनाभाडीका ३१ बर्षे बिरबहादुर चौधरीको मृृत्यु भएको जिल्ला पहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश बहादुर डागीले बताए।
चौधरीले चलाई रहेको से १ प ५८२१ नम्रको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्पर संग ठोक्किदा मृत्यू भएको उनले बताए। कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बोहराका अनुसार कैलालीमा ७६ जना घाइते भएका छन। गंभिर घाइते भएका २ जनालाई कोहलपुर र २ जनालाई भारत रेफर गरिएको छ। बाँकीको कैलालीकै पदमा र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
६६ जना उपचार पछि घरफर्केका छन। यसैगरि कंचनपुरमा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरिक्षक दिनेश आर्चायले बताएका छन। २३ जना मध्य १५ जना घर फर्किसकेका छन भने ८ जनाको सेती अंचल अस्पतालमा भर्ना गरिएको छ भने।
हावाहुरीले सयौं रुख ढलेर ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। दर्जनौ बिद्युत पोल ढलेका छन्। बिहिवार रातिदेखि यस कैलाली र कंचनपुरमा बिद्युत अवरुद्ध भएको छ। यसैगरि दर्जनौ कच्ची घर भत्केका छन् भने दर्जनौ जस्ताले छाएका छत उडाएको छ। हावाहुरीले बिद्यालयहरुमा क्षति भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांस बिद्यालयहरु समेत बन्द रहेका छन्। बिहानै बिद्यालय गएका बिद्यार्थीहरु बिद्यालय बन्द भएपछि फर्केका थिए। बिद्यालयमा क्षति कारण पठनपाठन गर्ने अवस्था नभएपछि बिद्यार्थीहरुलाई घर फर्काइएको छ। बिद्युत नभएपछि कैलाली कंचनपुरबाट निस्कने २ दर्जन भन्दा बढी स्थानीय पत्रपत्रिकाहरु प्रकाशित हुन सकेका छैनन्। अधिकांस एफएम रेडियोहरु पनि बन्द अबस्थामा रहेका छन्।  हावाहुरीले धेरै ठाउँमा क्षति पु¥याएकाले बत्ति बन्न समय लाग्ने बिद्युत प्राधिकारणले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुख्खड, पहलमान प्रहरी चौकी, धनगढी राजपुर प्रहरी विट र वडा प्रहरी कार्याल धनगढीमा हावाहुरीले क्षेति पु(याएको छ। यस्तै हावा हुरीले सुदूरपश्चिम प्रदेश स्थित सामाजिक विकास मन्त्रीको निजी निवासमा पनि क्षति भएकोे छ। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा पनि सामान्य क्षति पु¥याएको प्रहरी निरिक्षक डागीले बताए।
प्रहरीका अनुसार हावा हुरीबाट भएको भौतिक क्षेतिको विवरण आउन बाँकी छ। हावा हुरीका कारण कैलालीमा मात्रै कराडौंको भौतिक क्षति भएको हुन सक्ने आँकलन गरिएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: