धनुषाधाम नगरपालिकामा बम विष्फोट


प्रदेश नम्बर २को धनुषाधाम नगरपालिकामा  बम विष्फोट भएको छ। विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो । विस्फोट कसले र किन गराएको केहि खुल्न सकेका छैन ।प्रेसर कुकर बम विस्फोट गराएको स्थानीयले जनाएको छ । मध्यरातमै विस्फोट भएपनि प्रहरी आज विहान घटनास्थल पुगेको छ । विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको छ । विस्फोट भएको स्थानमा कुकरको सिठी भेटिएकोले कुकर बम विस्फोट भएको पुस्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको छ ।नगरपालिका कार्यालय ईलाका प्रहरी कार्यालय धनुषाको करिब ४० मिटर दुरीको अगाडीमा छ । विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: