५ जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने सरकारको निर्णय


सरकारले सेनाका ५ जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ । असार ५ र ८ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो । बैठकले सप्तरीबाट एक जना, धनुषाबाट २ जना र रौतहटबाट नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिने २ जनागरि ५ जना भारतीय नागरिकलाई कानुन बमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको छ । सप्तरी जिप्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने भारतीय नागरिक धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर र रौतहटबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह रहेका छन् ।
बैठकले मकवानपुरको थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको एक सय ७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०७६ र ७७ को बजेटमा विश्वविद्यालयको प्रस्ताव गर्दै एक अर्ब १० करोड बजेट छुट्याएको थियो । बैठकले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह नेतृत्वको सात सदस्यीय टोलीलाई बिभिन्न मुलुकको नेपाली नियोगको स्थलगत अनुगमन गर्न सैद्धान्तिक सहमति दिएको छ । लेखा समितिले रियाद, बर्लिन, पेरिस र लण्डनस्थित नेपाली नियोगको स्थलगत अनुगमन गर्नेछ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: